PRABHU BANK

एनएमबि लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २६ गते हुने, २२.६३ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्ताव

nmb laghubitta
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ । संस्थाको ९औं वार्षिक साधारणसभा पुस २६ गते हुने भएको हो ।
सभा होटल पोखरा ग्रान्ड, पोखरामा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २१.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेण्डा पनि छ । अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै