PRABHU BANK

ग्लोबल आइएमई बैंकको १५औं वार्षिक साधारणसभा सोमबार हुने, १३.५% लाभांश पारित गरिने

global ime bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकको १५औं वार्षिक साधारणसभा सोमबार मङ्सिर २७ गते हुने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुने भएको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल १३.५% लाभांशलाईसमेत पारित गर्नेछ ।
बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले १०% बोनस सेयर र कर प्रयोजनसमेत ३.५% नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
बैंकले हाल कायम चुक्ता पूँजी २१ अर्ब ६३ करोड २५ लाख ३ हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै