National

सिटिजन्स बैंकले १ रुपैयाँ ८९ पैसा नाफा बाँड्न सक्ने

काठमाडौँ । सिटिजन्स बैंकको खुद नाफासँग ब्याज आम्दानी  घटेको छ । बैंकले सार्वजनिक गएको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानीसँगै ब्याज आम्दानी पनि घटेको पाइएको हो । 

सिटिजन्स बैंकले प्रकाशित गएको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १ अर्ब २१ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.९९ प्रतिशत कम हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.२५ प्रतिशत घटेको छ भने बैंकको खुद फि तथा कमिसन आम्दानी २७.९४ प्रतिशत, कुल सञ्चालन आम्दानी ०.८७ प्रतिशत र सञ्चालन मुनाफा ५.२३ प्रतिशत बढेको छ । चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

बैंकले सार्वजनिक गएको वित्तीय विवरण अनुसार बैंकको प्रति सेयर वितरण योग्य मुनाफा पनि १ रुपैयाँ ८९ पैसा रहेको पाइएको छ । नाफासँगै बैंकको प्रति सेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २३ पैसा घटेर ११ रुपैयाँ ३७ पैसामा सीमित भएको बैंकले जनाको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै