PRABHU BANK

एनसीसी बैंकको साधारणसभा पुस २९ गते हुने, यस्ता छन् छलफल हुने विषयहरु !

ncc bank

  • बैंकिङ संसार
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको साधारणसभा हुने भएको छ । बैंकको साधारणसभा पुस २९ गते हुने भएको हो। सभा होटल हार्दिक, बागबजार काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।
उक्त सभामा बैंकले ८५ बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०।४२५ नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्ने भएको छ ।
साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन नाफानोक्सान तथा नगद प्रवाह विवरण पनि पारित गर्ने प्रस्ताव रहेको छ । बैंकले सभाका लागि पुस २१ गते बुक क्लोज गर्दैछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै