National

१८ बैंकमा राष्ट्र बैंकको इन्सपेक्सन, इन्टर्नलाईसमेत कोर बैंकिङको काम गर्न लगाएको खुलासा

काठमाडौँ । नियामक नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०७९/८० को बैंकसुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले आइतबार सो प्रतिवेदन सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको प्रतिवेदन अनुसार केन्द्रीय बैंकले कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक ,एनआईसी एशिया बैंक, प्रभु बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा र प्राइम कमर्शियल बैंकमा ‘फुल स्कोप’ स्थलगत निरीक्षण गरेको छ भने लक्ष्मी सनराइज , नेपाल एसबिआई, राष्ट्रिय वाणिज्य, सानिमा, एभरेष्ट, एनएमबि, माछापुच्छ्रे, कृषि विकास, नेपाल बैंक, र सिद्धार्थ बैंकमा टार्गेटेड स्थलगत निरीक्षण गरेको छ ।

निरीक्षणका क्रममा राष्ट्र बैंकले विभिन्न बैंकहरुमा विभिन्न खाले कैफियत भेटिएको जनाएको छ । जोखिम व्यवस्थापनमा कम खर्च हुने गरेको, रिकभरीको योजना नबनाएको, संचालक शिक्षा कार्यक्रम नबनाएको, धेरै बैंकहरुमा महिला संचालक नभएको, केहि बैंकले सीइओको कार्यसम्पादन मूल्यांकन नगरेको, जोखिम व्यवस्थापनबारे कार्ययोजना नबनाएको, फ्रेमवर्क अनुसार ऋणको जोखिमभार नतोकेको, केहि बैंकले न्युनतम पूँजीकोष कायम नगरेको, व्यवसाय निरन्तरता योजना नबनाएको लगायतका कैफियत भेटाएको छ । इन्सेपेक्सनका क्रममा राष्ट्र बैंकले केहि बैंकहरुले इन्टर्नलाई पनि कोर बैंकिङसँग समबन्धित काम गर्न लगाएको लगायतका कैफियतसमेत भेट्टाएको छ ।

बैंकले भेटिएका कैफियत सुधार्नसमेत सम्बन्धित बैंकलाई निर्देशन दिईसकेको छ । भिडियो

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै