PRABHU BANK

नेपाल इन्स्योन्सको मंगलबारदेखि ४० लाख १४ हजार कित्ता हकप्रद सेयर आउँदै, कहाँ जाने भर्न ?

काठमाडौं – नेपाल इन्सुरेन्सको ६५ प्रतिशत हकप्रद फागुन २१ गते (मंगलबार) देखि आउने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । १ः०.६५ अनुपातको यस हकप्रद माघ २५ गतेसम्म कायम सेयरधनीले भर्न सक्नेछन् । यसमा चैत्र २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
हकप्रद सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलले रहेको छ । ग्लोबल आइएमई क्यापिटल, नेपाल इन्सुरेन्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र सी–आस्वाको सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड ७६ लाख ५९ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी १ अर्ब १ करोड ९१ लाख ४ हजार १५८ रुपैयाँ पुग्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै