युनाईटेड इन्स्योरेन्सको बिशेष साधारणसभा सम्पन्न, २४० प्रतिशत हकप्रद पारित

काठमाडौं – युनाईटेड ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको विशेष साधारण सभा बिहिबार सम्पन्न भएको छ । उक्त बिशेष साधारण सभामा कम्पनीको संचालक समितिको ३२३औं बैठकले पेश गरेका विशेष प्रस्तावहरु समेत छलफल गरि सर्वसम्मत रुपमा पारित गर्ने निणर्य भएको छ ।
बिशेष साधारण सभाको निर्णय बमोजिम कम्पनीको वर्तमान चुक्ता पूँजी तीस करोड चौविस लाख मात्रको २४० प्रतिशत (१ः२.४ अनुपातमा) हकप्रद शेयर जारी गर्ने निर्णय भएको छ ।
साथै कम्पनीको अधिकृत पुँजी दुई अर्व तथा जारी पुँजी र चुक्ता पुँजी एक अर्व दुई करोड एकासी लाख साठ्ठी हजार रुपैयाँ मात्र कायम गर्ने यसका साथै सो बमोजिम कम्पनीको प्रबन्धपत्र तथ नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसम्मत रुपमा पारित भएको जानकारी कम्पनीले जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्