PRABHU BANK

कृषि विकास बैंकको साधारण सभा चैत १५ गते, यस्ता छन् पेश हुने एजेण्डाहरु !

काठमाडौँ – कृषि विकास बैंकले १२औं वार्षिक साधारण सभा चैत १५ गते बोलाएको छ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५.५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सहित कूल २१.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
लाभांश वितरणका लागि बैंकले फागुन १६ गते बिहीबार बुक क्लोज गरिसकेको छ । जसका लागि फागुन १५ गतेसम्म कायम शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।
साधारण सभा कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्र बोडे भक्तपुरमा बस्ने छ ।
यस्तै सभाले सरकारको अग्राधिकार शेयर बापतको ६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ। सरकारको अग्राधिकार शेयर सहित बैंकको हाल चुक्ता पूँजी १३ अर्ब ९३ करोड २५ लाख रहेको छ । बैंकमा ८ अर्ब ५० करोड ५२ लाख १६ हजार साधारण र पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर रहेको छ ।
बैंकको ६ प्रतिशत बोनस वितरणपछि चुक्ता पूँजी ९ अर्ब एक करोड ५५ लाख २८ हजार ९६० रूपैयाँ पुग्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै