MAX TIGER

मुक्तिनाथ विकास बैंकले लाभांश दिने, सेयरधनीहरु मख्ख !

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले लाभांश दिने घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०८२-८३ का लागि लाभांश दिने घोषणा गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ८ अर्ब ३ लाख ८८ हजार ७६९ रुपैयाँको कुल ७.२५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्