काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा २५ अर्ब बढी लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकको विभिन्न कोषमा रहेको २५ अर्ब ७ करोड ४७ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राष्ट्र बैंकले लगानी गर्न लागेको हो।
राष्ट्र बैंकले वाणिज्य बैंकमा २० अर्ब ५ करोड ९८ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ३ अर्ब ७६ करोड १२ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १ अर्ब २५ करोड ३७ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको हो ।
यो लगानी सन् २०२६ डिसेम्बर ७ देखि २०२७ डिसेम्बर ७ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।




