MAX TIGER

विदेशमा चल्ने सुविधा भन्दै कार्ड जारी, भारत पुग्दा भुक्तानी असफल ! नेपाली बैंकहरूसँग ग्राहकको आक्रोशपूर्ण प्रश्न !

काठमाडौँ। भारत भ्रमणका क्रममा नेपाली बैंकहरूले जारी गरेका क्रेडिट कार्ड प्रयोग गर्न नपाएको भन्दै एक नेपाली नागरिकले नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। सुमन पौडेलले सामाजिक सञ्जालमार्फत भारतको अयोध्या भ्रमणका क्रममा विभिन्न स्थानमा कारोबार गर्न खोज्दा आफ्नो नेपाली क्रेडिट कार्ड प्रयोग गर्न नसकेको गुनासो गरेका हुन्।

भारतमा समेत कार्ड सहज रूपमा प्रयोग गर्न सकिने विश्वासका साथ आफू भारत पुगेको भए पनि अयोध्याका विभिन्न स्थानमा कार्ड प्रयोग गर्न नसकेको उनले बताएका छन्।

सुरुमा आफ्नै कार्डमा प्राविधिक समस्या आएको हुन सक्ने ठाने पनि पछि भारतमा नेपाली क्रेडिट कार्ड स्वीकार नगर्ने समस्या देखिएको उनको दाबी छ। पौडेलले कार्डमा भारत र भुटानमा समेत प्रयोग गर्न सकिने उल्लेख गरिएपछि व्यवहारमा भने प्रयोग गर्न नसकिने अवस्था किन आएको भन्दै प्रश्न उठाएका छन्।

उनले नेपाल राष्ट्र बैंकले बैंकहरूलाई यस्तो सुविधा प्रदान गर्न अनुमति दिँदा त्यसको वास्तविक कार्यान्वयन र प्रभावकारिताबारे अनुगमन तथा नियमन गरेको छ कि छैन भन्ने विषयमा समेत जवाफ मागेका छन्। यो हेर्नुहोस्:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्