सेयरधनीहरूलाई आरएसडीसी लघुवित्तले लाभांश दिने

काठमाडौँ। आरएसडीसी लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ। लघुवित्तले आर्थिक वर्ष २०८२-८३ का लागि लाभांश दिने घोषणा गरेको हो ।

लघुवित्तको सञ्चालक समितिको आइतबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँको ९.४० प्रतिशतले हुन आउने ९ करोड ७२ लाख २ हजार ५५.२० रुपैयाँबराबरको नगद लाभांश (करसहित) लघुवित्तले वितरण गर्ने निर्णय गरेको छ।

सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्