काठमाडौँ। सेन्ट्रल फाइनान्सले कर्मचारी माग गरेको छ। फाइनान्सले एक सूचना जारी गर्दै विभिन्न पदमा काम गर्ने अवसर खुलाएको हो।
कम्पनीले शाखा इन्चार्ज, सम्बन्ध प्रबन्धक, आईटी विभाग र सञ्चालन विभाग पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो।
इच्छुक नेपाली नागरिकले मंसिर ६ गतेभित्र आवेदन दिन सक्नेछन् । तलब तथा अन्य सुविधा फाइनान्सको नियम अनुसार हुनेछ।



