PRABHU BANK

उन्नती माइक्रोफाइनान्सको शेयर कारोबार रोक्का !

unnati microfinance
  • बैंकिङ संसार 
काठमाडौं – उन्नति माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का भएको छ । सहकार्य लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेपछि आजदेखि सेयर कारोबार रोक्का भएको हो ।
अब मर्जर प्रक्रिया सम्पन्न भएपछि मात्र सेयर कारोबार खुला हुनेछ । उन्नति माइक्रोफाइनान्स सर्वसाधारणमा सेयर जारी गरी नेप्सेमा सूचीकृत भइसकेको कम्पनी हो । यता, सहकार्यले भने अहिलेसम्म आइपीओ जारी नगरेको संस्था हो ।
रुपन्देही जिल्लामा केन्द्रीय कार्यालय रहेको उन्नतिले १५ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ । उन्नतीको चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ छ । सर्लाही जिल्लामा केन्द्रीय कार्यालय रहेको सहकार्यले पनि १० जिल्लामा शाखा विस्तार गरी कारोबार गर्दै आएको छ । सहकार्यको १ करोड ४० लाख रुपैयाँ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै