वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा, १३ बैंकको नाफा बढ्यो, ७ वटा बैंकको नाफा घट्यो !

काठमाडौँ। वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८३-८४ को दोस्रो भदौसम्ममा पौने १८ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्ममा वाणिज्य बैंकले १७ अर्ब ८१ करोड ४० लाख रुपैयाँ नाफा कमाएका हुन्।

अघिल्लो वर्ष २०८२-८३ को भदौसम्ममा यी बैंकहरुले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्ममा बैंकहरुको नाफा ७.३२ प्रतिशतले बढेको छ।

यस अबधीमा सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । साथै, वृद्धिदरका हिसाबले हिमालयन बैंक अगाडि रहेको छ।

अघिल्लो वर्षको तुलनामा चालु वर्षको भदौसम्ममा १३ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ७ वटा बैंकको नाफा घटेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्