काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा अब राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ। सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थामा ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था बदर गरेको हो।
बैंकहरूले केवाईसी विवरण अद्यावधिक गर्न तथा मोबाइल नम्बर परिवर्तन गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै आएका थिए। सर्वोच्च अदालतको निर्णयसँगै उक्त व्यवस्था खारेज भएको छ।
यस निर्णयले बैंकिङ सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा प्रभावित भएका सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।


