काठमाडौँ। प्राइम कमर्सियल बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न ४ पदका कर्मचारी माग गरेको हो।
बैंकले लिगल अफिसर, चार्टर्ड अकाउन्टेन्ट, गोल्ड लोन इन्चार्ज र गोल्ड टेस्टर पदमा आवेदन माग गरेको हो।
इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित असोज ११ गतेभित्र बैंकको इमेलमार्फत आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिनमा सकिनेछ।
काम गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले सूचना मार्फत जनाएको छ। बैंकले जारी गरेको सूचना हेर्नुहोस्:




