काठमाडौँ । सिटिजन्स बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरूलाई ४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकको भदौ ३१ गते बसेको ५२१औँ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकका अनुसार कुल चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छ ।
लाभांश वितरण गर्ने बैंकको प्रस्ताव नेपाल राष्ट्र बैंकद्वारा स्वीकृति भएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।



