माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश दिने, सेयरधनीहरू मख्ख !

काठमाडौँ। माछापुच्छ्रे बैंकले लाभांश दिने घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०८२-८३ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको हो।

बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको कुल ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।

साथै, बैंकले उक्त आर्थिक वर्षका लागि अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशतले हुन आउने ७ करोड ४५ लाख ८९ हजार ४१ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय पनि गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्