हिमालयन बैंकका अर्पण अर्याल सम्पर्कविहिन, देखे वा भेटे बैंकलाई सम्पर्क गर्न आग्रह ! (सूचनासहित)

काठमाडौँ। हिमालयन बैंकका एक जना कर्मचारी सम्पर्कविहिन भएका छन्। भाद्र १० गते बिहान रसुवामा अकस्मात् आएको बाढी पश्चात् बैंकको बेत्रावती शाखामा कार्यरत कर्मचारी सम्पर्कविहिन भएका हुन्।

बैंकले एक सूचना जारी गर्दै बैंकमा काम गर्ने अर्पण अर्याल सम्पर्कविहिन भएको जनाएको छ। बैंकको स्थानीय कर्मचारी तथा उनको परिवारजनले पनि खोजि कार्यको अथक प्रयास गरेतापनि फेला नपरेको हुँदा उनलाई देखे वा उनको अवस्था बारे कुनै पनि जानकारी प्राप्त भएमा बैंकलाई सम्पर्क गर्न बैंकले आग्रह गरेको छ। 

बैंकको सम्पर्क नं.  ९८४१७२०९७९ वा परिवारको सम्पर्क नं ९८६१४९१९६५ र  ९८४१४०३०१७ मा खबर गर्न सकिने छ।  बैंकले जारी गरेको सूचना:

himalayan bank notice

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्