काठमाडौँ। सांसद आशिका तामाङले वडा अध्यक्षले नै बैंकको १ करोड ८० लाख लुटेको आरोप लगाएकी छिन्। सामाजिक संजालमा लेख्दै उनले यस्तो आरोप लगाएकी हुन्।
बैंकको भल्ट फोरेर १ करोड ८० लाख रुपैयाँ गिद्धले सिनो लुछेझैँ लुछेर बाँडेको, त्यसमा गल्छी मास्टरका वडा अध्यक्षसहित ३५ जना संलग्न रहेको भन्ने गम्भीर जानकारी आएको उनले बताएकी छिन्।
उनले लेखेकी छिन्, ‘यस्तो संकटको घडीमा पनि यति निच काम गर्न कसरी सकिन्छ ? बाढीमा बगेर आएको बैंकको भल्ट फोरेर १ करोड ८० लाख रुपैयाँ गिद्धले सिनो लुछेझैँ लुछेर बाँडेको, त्यसमा गल्छी मास्टरका वडा अध्यक्षसहित ३५ जना संलग्न रहेको भन्ने गम्भीर जानकारी आएको छ। मैले CDO र प्रहरीलाई तत्काल खोजी गरी संलग्न जोसुकै भए पनि समात्न भनेको छु। जनता बाढीले घरबार गुमाएर रोइरहेका बेला लुट मच्चाउने ? लाज पनि लाग्नुपर्छ ! पदमा बसेको मान्छे होस् वा जोसुकै होस्, अपराध गरेको हो भने कारबाही हुनैपर्छ ।’ यो हेर्नुहोस्:



