गोसाईकुण्ड घुम्न गएका मुक्तिनाथ विकास बैंकका दुई बैंकर पनि सम्पर्कविहीन, देख्ने, भेट्नेले खबर गरिदिन बैंकको आग्रह !

काठमाडौँ। मुक्तिनाथ विकास बैंकमा कार्यरत दुई महिला कर्मचारी सम्पर्कविहीन भएका छन्। बिदा लिएर गोसाईकुण्ड घुम्न गएका मुक्तिनाथ विकास बैंकका दुई महिला कर्मचारी सम्पर्कविहीन भएका हुन्।

बैंकका अनुसार गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका नयाँ बानेश्वर शाखाकी बिजेता अवाले र माछापोखरी शाखाकी सुन्दरी श्रेष्ठ सम्पर्कविहीन भएका हुन्।

बैंकले उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको मुक्तिनाथ विकास बैंकको शाखा वा बैंकले सार्वजनिक गरेका सम्पर्क नम्बरमा जानकारी गराइदिन अनुरोध गरेको छ। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्