बाढीले बैंक तथा वित्तीय संस्थाका आधा दर्जन शाखा बगायो, दर्जन बढी कर्मचारीहरु सम्पर्कविहीन !

काठमाडौँ । बुधबार विहान आएको बाढीले विभिन्न बैंक तथा वित्तीय संस्थाका आधा दर्जन बढी शाखाहरु बगाएको छ । बैंकका शाखा बगेपछि त्यहाँ रहेको नगद, अन्य डकुमेन्ट, लगायतका सामानहरु पनि बाढीले बगाएको छ ।

क्षतिको यकिन विवरण प्राप्त भईसकेको छैन । सञ्चार सेवामा समस्या आउँदा बैंक तथा वित्तीय संस्थाका दर्जन बढी कर्मचारीहरु सम्पर्कविहीन भएका छन् ।

उनीहरुलाई सम्बन्धित बैंकले सम्पर्कको प्रयास गरिरहेको छ ।

यता नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले भोटेकोसी बाढीका कारण बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा पनि ठूलो क्षति पुगेको जनाएका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्