क्रेडिट कार्डको बक्यौता ३५ दिन भित्र तिर्न लक्ष्मी सनराइज बैंकको आग्रह (सूचनासहित)

काठमाडौँ। लक्ष्मी सन्राइज बैंकले क्रेडिट कार्डको बक्यौता नतिर्ने ग्राहकलाई ३५ दिने सूचना सार्वजनिक गरेको छ। बैंकले भदौ ८ गते क्रेडिट कार्डको बक्यौता नतिर्ने ग्राहकलाई रकम चुक्ता गर्न ३५ दिने सूचना सार्वजनिक गरेको हो।

बैंकले पटक पटक सम्पर्क गर्न खोज्दा पनि बैंकको सम्पर्कमा नआउने क्रेडिट कार्डको बक्यौता नतिर्ने ग्राहकलाई बैंकले सूचनामार्फत सम्पर्कमा आउन आग्रह गरेको छ।

क्रेडिट कार्डको बक्यौता तिर्न ३५ दिनभित्र पनि बैंकको सम्पर्कमा नआउने ग्राहकलाई कानुनी कारवाही गरिने समेत बैंकले जनाएको छ। यो हेर्नुहोस्:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्