काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बैंकको कर्जा चुक्ता गर्न बाँकी रहेका ऋणीको धितो सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ। बैंकले एक सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित ऋणी तथा जमानतदातालाई तोकिएको अवधिभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको हो।
बैंकका अनुसार कर्जा चुक्ता नगरेमा कर्जासँग सम्बन्धित धितो सम्पत्ति प्रचलित बैंकिङ तथा कानुनी प्रक्रियाअनुसार लिलाम बिक्री गरिनेछ। सूचनामा धितो सम्पत्ति लिलाम बिक्रीका लागि बोलपत्र आह्वानसमेत गरिएको छ।
लिलाममा राखिएको धितोमा एनजीएम इन्जिनियरिङ एण्ड सेल्स प्रा.लि.सँग सम्बन्धित काठमाडौं तथा अन्य स्थानमा रहेको जग्गा तथा सम्पत्ति समावेश छन्। उक्त सम्पत्तिको लिलामका लागि बैंकले न्यूनतम मूल्यसमेत निर्धारण गरेको छ।
बैंकले इच्छुक व्यक्ति तथा संस्थालाई सूचना प्रकाशित भएको मितिले तोकिएको अवधिभित्र सम्बन्धित शाखा कार्यालयमा उपस्थित भई आवश्यक कागजात तथा बोलपत्र पेस गर्न आग्रह गरेको छ। प्राप्त बोलपत्रमध्ये तोकिएका शर्त पूरा गर्ने बोलपत्रदाताबाट बैंकको नियमअनुसार लिलाम बिक्री प्रक्रिया अघि बढाइने जनाइएको छ।
बैंकले निर्धारित समयभित्र कर्जा चुक्ता गरी धितो सम्पत्ति लिलाम हुनबाट रोक्न सम्बन्धित ऋणी तथा जमानतदातालाई समेत आग्रह गरेको छ। एनजिएम इन्जिनियरिङ एन्ड सेल्स प्रालि उद्योगी रुप ज्योतिको स्वामित्वमा छ।
यसअघि पनि प्रभु बैंकले पूर्व अर्थ सहायक मन्त्री रुप ज्योतिका दुई ठूला कम्पनीहरूको धितोमा रहेको सम्पत्ति लिलाम गर्न लागिएको भन्दै सूचना सार्वजनिक गरेको थियो। यो पनि हेर्नुहोस्:




