HIMALAYAN LIFE
Banking Sansar Mobile App

रन्जु दर्शनाले राष्ट्रिय बाणिज्य बैंकलाई राष्ट्र बैंक भनेपछि…

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय बाणिज्य बैंकलाई राष्ट्र बैंक भनेर बोल्दा काठमाडौँ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु न्यौपाने (दर्शना) ट्रोलको सिकार बनेकी छिन् । राष्ट्रिय बाणिज्य बैंकबाट लुटिएको सुन, राष्ट्र बैंकबाट लुटिएको भनेपछि उनी ट्रोलको सिकार बनेकी हुन् ।
दर्शनाले राष्ट्रिय बाणिज्य बैंकबाट भदौ २४ गते लुटिएको सुनको विषय उठाउन खोजेकी थिइन् । सो दिन राष्ट्रिय बाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट सुन लुटिएको थियो । सो घटनामा दर्शनाको क्षेत्रका थुप्रै पीडीत छन् ।
बैंकबाट सुन लुटिएपनि बैंकले भने बजार भाउमा सुन फिर्ता नदिएपछि अहिले सुन धितो राख्नेहरु आन्दोलनमा छन् । यहि विषयको गाम्भिर्यता दर्शनाले बैंकको नाम नै फरक भन्दा छायाँमा परेको छ ।
‘नेपाल राष्ट्र बैंकमा सुन थियो, कान मेरो बुच्चै भनजस्तै , नेपाल राष्ट्र बैंकबाट सुन धितो राखेर ऋण लिनुभएकाहरुले भदौ २४ गते जुन सुनहरु लुटियो, त्यसपछि सुन पनि पाउनुभएको छैन, सुनको बजार दाम पनि पाउनुभएको छैन, लौन सरकार उहाँहरुको हारगुहार पनि सुनिदिनुपर्यो ।’ दर्शनाले संसदमा बोलेको यहि शब्द अहिले ट्रोल बनेको हो ।
बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।