काठमाडौँ। बैंकबाट फोन गरेको भन्दै केवाइसी अपडेटका नाममा ठगी गर्ने चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अभय तिवारी, जयकुमार केवट, विद्यासागर केवट र कुवेर थापा रहेका छन् ।
बैंकबाट फोन गरेको भन्दै सर्वसाधारणलाई झुक्याएर बैंक खातामा अनधिकृत पहुँच पुर्याई रकम ठगी गर्ने आरोपमा उनीहरू पक्राउ परेका हुन्।
पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाउने, ओटिपी माग्ने वा ओटिपी प्राप्त गर्ने र सोही विवरणको दुरुपयोग गरी बैंक खातामा अनधिकृत पहुँच बनाउने गरेको प्रहरीले जनाएको छ। त्यसपछि खातामा रहेको रकम अन्य खातामा स्थानान्तरण गरी ठगी गर्ने गरेको पाइएको छ।
एक फोन, एक गलत क्लिक र मेहनतले कमाएको पैसा गुम्न सक्छ। त्यसैले सचेत बनौँ, सुरक्षित रहौँ।


