‘घरेलु तथा साना उद्यमीलाई वित्तीय साक्षरता आवश्यक छ’ – राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यावसायिक सफलताका लागि वित्तीय साक्षरता अपरिहार्य रहेको जनाएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै घरेलु, साना, मझौला तथा उद्यमीहरूलाई वित्तीय ज्ञान, सीप र अनुशासनमा जोड दिन आग्रह गरेको हो।

राष्ट्र बैंकका अनुसार व्यवसाय सञ्चालन गर्दा उपयुक्त व्यावसायिक योजना र वित्तीय सेवाको छनोट, व्यवसाय तथा व्यक्तिगत कारोबारका लागि छुट्टाछुट्टै खाता प्रयोग, आय-व्यय तथा सम्पत्तिको व्यवस्थित लेखांकन, नगद प्रवाह व्यवस्थापन र दीर्घकालीन वित्तीय योजना आवश्यक हुन्छ।

साथै, उद्यमीले व्यवसायसँग सम्बन्धित जोखिम पहिचान गरी जोखिम विविधीकरण, बीमा तथा वित्तीय सुरक्षाका उपाय अपनाउनुपर्नेमा जोड दिइएको छ। बजारको अवस्था, प्रतिस्पर्धा, नियमन, ग्राहकका अधिकार तथा उपलब्ध आधिकारिक सूचना र वित्तीय सल्लाहबारे निरन्तर जानकारी राख्दा व्यवसायलाई दिगो बनाउन सहयोग पुग्ने राष्ट्र बैंकको भनाइ छ।

सक्षम उद्यमीले दिगो रोजगारी सिर्जना, नवप्रवर्तन र आय विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले वित्तीय साक्षरता र क्षमता विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ। यो हेर्नुहोस्:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्