सरकारी सम्पत्तिको बैंक लिलाम प्रकरण: नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कर्जा विभागका प्रमुख आचार्यको बयानमा के छ ?

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको प्रधान कार्यालयको कर्जा विभागको प्रमुखको पनि प्रहरीले बयान लिएको छ। सरकारी स्वामित्वमा गईसकेको सम्पत्तिको गैरकानुनी लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको प्रधान कार्यालयको कर्जा विभागका प्रमुख सिनियर म्यानेजर प्रमोद आचार्यको पनि प्रहरीले बयान लिएको हो।

सरकारी स्वामित्वमा गईसकेको सम्पत्तिको गैरकानुनी लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ, अध्यक्ष र संचालकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी, संगठित अपराध र बैंकिङ कसुरको मुद्धा परेको छ ।

सीआईबीको लामो अनुसन्धानपछि दायर भएको यो मुद्धामा प्रहरीले नेपाल इन्भेष्टमेण्ट बैंकको मिलेमतोमै सरकारी स्वामित्वमा आईसकेको स्मार्ट सेलको सम्पत्ति एनसेलले पाउनेगरी लिलाम गरेको दाबी गरेको छ ।

यो प्रकरणमा प्रहरीले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका कर्जा विभाग प्रमुख प्रमोद आचार्यको पनि बयान लिएको पाइएको छ । हेर्नुहोस् उनले प्रहरीमा दिएको बयान जस्ताको त्यस्तै:

यो ऋण काण्डको सबै विवरण बैंकिङ संसारको बैंकिङ अफेन्स केस स्टडी पेजमा हेर्न सकिन्छ । 

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्