‘बैंककाे कर्जा बढाउन उत्पादनमा जोड दिनुपर्छ’ – सांसद गजुरेल

काठमाडौँ। सांसद आशिष गजुरेलले बैंककाे कर्जा बढाउन उत्पादनमा जोड दिनुपर्ने बताएका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै उनले  बैंककाे कर्जा बढाउन उत्पादनमा जोड दिनुपर्ने बताएका हुन्।

बैठकमा उनले सरकारले मात्रै आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न नसक्ने उल्लेख गरेका छन्। सँगै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने पनि बताएका छन्।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

सांसद आशिष गजुरेलले बैंक तथा वित्तीय संस्थामा पैसा भए पनि व्यवसायी तथा लगानीकर्ताले कर्जा लिन नचाहनु अर्थतन्त्रको गम्भीर समस्या भएको उल्लेख गरेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्