काठमाडौँ। नेपाल बैंक लिमिटेडले शाखा समायोजन (मर्ज) गर्ने भएको छ। डिजिटल बैंकिङ सेवाको प्रयोग बढ्दै जानु तथा वीरगञ्ज महानगर क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका शाखाहरू उल्लेख्य रहेकाले शाखा समायोजन गर्न लागिएको बैंकले जनाएको हो।
माईस्थान र सिटी अफिस शाखा समायोजन हुन लागेका हुन्। उक्त शाखाबीचको दूरी करिब १ किलोमिटर रहेको छ। समायोजनपछि २०८३ कात्तिक १६ गतेदेखि एकीकृत शाखाबाट कारोबार सञ्चालन हुने बैंकले जनाएको छ।
ग्राहकलाई असुविधा नहोस् भन्ने उद्देश्यले बैंकले आवश्यक सूचना सार्वजनिक गर्दै सेवा निरन्तरताबारे जानकारी गराएको छ। सूचनासहित:




