बैंकिङ संसारमा २ नयाँ ‘टुल्स’, ‘बैंकर अरेष्ट ट्र्याकर’ र ‘बैंकिङ अफेन्स केस स्टडी’ सार्वजनिक, केस विवरण एकै ठाउँमा

काठमाडौँ । बैंकिङ क्षेत्रको नम्बर १ समाचार पोर्टल बैंकिङ संसार डटकमले नयाँ टुल ‘बैंकर अरेष्ट तट्र्याकर’ सार्वजनिक गरेको छ । यस टुल्समार्फत अव कुन बैंकका कुन कर्मचारी कुन अभियोगमा कहिले पक्राउ परे लगायतका विवरण सार्वजनिक हुनेछन् भने तिनको मुद्धाको सुनुवाईस्थिति के छ भन्नेसमेत प्रस्तुत हुनेछ ।
यो टुल्स अन्तर्गत कुनै बैंकर पक्राउ पर्ने बित्तिकै त्यसको विवरण अपलोड हुनेछ । त्यसपछि सो मुद्धा कहाँ पुग्यो, सुनुवाई कहिले छ, पेशी कहिले छ, अदालतबाट के आदेश आयो, के फैसला भयो लगायतका विवरण हेर्न सकिनेछ ।
यो सेवा बैंकिङ संसारको वेव र एप दुबैमा हेर्न सकिनेछ ।
यस्तै बैंकिङ अफेन्स केस स्टडी टुल्समार्फत चर्चित बैंकिङ घोटाला सम्बन्धि सबै विवरण एकै ठाउँमा हेर्न सकिन्छ ।
बैंकिङ संसारले बैंकरहरुको माग अनुसार विभिन्न टुल्सहरु निर्माण गरिरहेको छ । थप ३ वटा विशेष टुल्स यहि महिना सार्वजनिक हुँदैछन् ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्