एसिया फिनटेक अलायन्स अवार्डको शीर्ष ३० मा खल्ती वालेट

काठमाडौं । नेपालको डिजिटल वालेट कम्पनी खल्ती एसिया फिनटेक अलायन्स (एएफए) अवार्ड २०२६ को शीर्ष ३० फाइनालिस्टमा पर्न सफल भएको छ। खल्तीले ‘ग्रान्ड अवार्ड–क्रसबोर्डर फिनटेक युनिकर्न पोटेन्सियल’ विधामा आफ्नो स्थान बनाएको हो।

नेपालमा लाखौँ प्रयोगकर्तालाई डिजिटल भुक्तानी, रेमिटेन्स, बिल भुक्तानी तथा मर्चेन्ट सेवा उपलब्ध गराउँदै आएको खल्तीको सेवा र पहुँचमा गरेको उपलब्धिका आधारमा खल्तीलाई एसियाको सम्भावित फिनटेक युनिकर्नका रूपमा मूल्यांकन गरिएको आयोजकले जनाएको छ।

यसै अवार्डमा नेपालका अन्य दुई संस्थाले पनि स्थान बनाएका छन्। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ‘फास्टेस्ट ग्रोथ अवार्ड’ विधामा तथा आईएमएस सफ्टवेयर प्रालि ‘मार्केट एक्सपान्सन अवार्ड’ विधामा शीर्ष ३० मा छनोट भएका छन्।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्