काठमाडौँ। सिटिजन्म इन्टरनेसनल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ ) गणेश पोखरेलले बैंकिङ क्षेत्रको अहिलेको सुस्ततालाई नियमित र एउटा चक्रको रूपमा बुझ्नुपर्ने बताएका छन् ।
उनले नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे अर्थ मन्त्रालयले आयोजना गरेको वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा यस्तो धारणा राखेका हुन् ।
उक्त छलफल कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले बैंकहरूका समस्या सुन्न, समाधानका लागि सरकारी पहलकदमी लिन र सरकारको आर्थिक वृद्धिको फराकिलो उद्देश्य प्राप्तिका लागि हातेमालो गर्न मन्त्रालयले छलफल आयोजना गरेको स्पष्ट पारेका छन् ।
बैंक र बैंकरहरूलाई आफ्नो क्षेत्रको समस्या निर्धक्क भएर भन्न आग्रह गर्दै उनले सरकारले इमानदारीपूर्वक समस्याहरूको समाधान गर्ने पनि बताएका छन्।


