२० वाणिज्य बैंकका सिइओ र अर्थमन्त्रीबीच छलफल हुने

काठमाडौँ। २० वाणिज्य बैंकका सिइओसँग अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले छलफल गर्ने भएका छन्। अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुसँग छलफल गर्ने भएका हुन्।

छलफल दिउँसो ३ बजे मन्त्रालयमा हुने भएको छ। बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूकाे कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरुको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन अर्थमन्त्रीले छलफल गर्न लागेका हुन्।

उक्त छलफल कार्यक्रममा बैंकका सिइओहरू उपस्थित हुने छन्।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्