ग्लोबल आइएमई बैंकले सवारी साधन बिक्री गर्दै (सूचनासहित)

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले सवारी साधन बिक्री गर्न लागेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सवारी साधन लिलामी बिक्री गर्न १५ दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

बैंकले प्रकाशित सूचनाअनुसार इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संघसंस्थाले तोकिएका सर्तहरूको अधीनमा रही बोलपत्र पेश गर्न सक्नेछन्। सूचनामा उल्लेख भएअनुसार लिलामीमा राखिएको सवारी साधन Peugeot GT Line 1.6 (5008) रहेको छ। जसको दर्ता नम्बर बा १९ च ९९९६ (BAD 7149) हो।

उक्त सवारी साधन काठमाडौँको कमलादीस्थित बैंकको पार्किङ क्षेत्रमा अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ।

बोलपत्र फाराम बैंकको सामान्य सेवा विभाग, कमलादीबाट एक हजार (फिर्ता नहुने) शुल्क तिरेर प्राप्त गर्न सकिनेछ। फर्ममा उल्लेखित सर्तअनुसार बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार लिलामी स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बैंकमा निहित रहनेछ। इच्छुक खरिदकर्तालाई तोकिएको समयभित्र आवेदन पेश गर्न तथा थप जानकारीका लागि बैंकको सामान्य सेवा विभाग, कमलादीमा सम्पर्क गर्न आग्रह गरिएको छ। सूचनासहित:

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्