काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तले आर्थिक वर्ष २०८२-८३ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको हो।
यस अवधिमा लघुवित्तले १९ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष २०८१-८२ मा संस्थाले १ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो।
अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको यो नाफा १०३६.४६ प्रतिशतले बढेको हो ।
त्यस्तै, लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ४.६० रुपैयाँबाट बढेर ४९.८८ रुपैयाँ कायम भएको छ। साथै, लघुवित्तको पीई रेसियो २४.४४ गुणा रहेको छ भने लघुवित्तको प्रतिसेयर नेटवर्थ २२७.९१ रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा पनि ११३५.०१ प्रतिशतले बढेर २७ करोड ६१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष लघुवित्तको यस्तो मुनाफा २ करोड २३ लाख रुपैयाँमा रहेको थियो।
गत आर्थिक वर्षमा लघुवित्तको खुद ब्याज आम्दानी ४९ करोड ७४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष लघुवित्तको खुद ब्याज आम्दानी ३५ करोड ५९ लाख रुपैयाँ रहेको थियो।
लघुवित्तको वितरणयोग्य मुनाफा १६ करोड ५० लाख रुपैयाँ रहेको छ। लघुवित्तको लाभांश वितरण गर्ने क्षमता ४२.५८ प्रतिशत देखिएको छ। यता चुक्तापुँजी ३८ करोड ७४ लाख रुपैयाँ रहेको संस्थाको समीक्षा वर्षमा रिटेन्ड अर्निङमा १६ करोड ५० लाख रुपैयाँ र रिजर्भमा ३३ करोड ६ लाख रुपैयाँ छ।
लघुवित्तले ६ अर्ब १७ करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।


