नेष्डो समृद्ध लघुवित्तमा काम गर्ने अवसर, दिने होइन त आवेदन ? (सूचनासहित)

काठमाडौँ। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले काम गर्ने अवसर खुलाएको छ। लघुवित्तले एक सूचना जारी गर्दै विभिन्न पदमा काम गर्ने अवसर खुलाएको हो।

लघुवित्तले वरिष्ठ सहायक, सहायक प्रथम, कनिष्ठ सहायक पदमा काम गर्न कर्मचारी माग गरेको छ।

१८ वर्ष पूरा भई ४० वर्ष ननाघेका व्यक्तिहरूले सो पदमा आवेदन दिन सक्नेछन्। आवेदन अनलाईन मार्फत दिन सकिनेछ। महिला उम्मेदवारको हदमा भने ५ वर्ष थप हुने लघुवित्तले जनाएको छ।

तलब तथा अन्य सुविधा भने कम्पनीको नियम अनुसार हुनेछ। आवेदन दिन इच्छुक नेपाली नागरिकहरुले लघुवित्तले तोकेको दरखास्त फाराम, आफ्नो व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, कार्यानुभवको प्रमाणपत्रहरुको प्रतिलिपि र हालसालै खिचेको फोटो वित्तीय संस्थाको इमेल [email protected] पठाउनुपर्नेछ ।

आवेदन साउन २९ गतेभित्र दिनुपर्नेछ। यो हेर्नुहोस्:

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्