दुर्गा बहादुर भण्डारी चेक बाउन्स मुद्दामा पक्राउ, अब हुन्छ जेल !

काठमाडौँ। बैंकिङ कसुर मुद्दामा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा संखुवासभाका दुर्गा बहादुर भण्डारी रहेका छन् ।

उनी दुई वटा बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार रहेका थिए।  प्रहरीले उनलाई काठमाडौँको बौद्धबाट पक्राउ गरेको छ।

हाल उनी प्रहरीको फन्दामा परेका छन्।

काठमाडौँ जिल्ला अदालत, बबरमहलले भण्डारीमाथि ८ दिन कैद र १७ लाख जरिवाना फैसला गरेको थियो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्