काठमाडौँ। नेपाल राष्ट्र बैंकले तीन विकास बैंकलाई कारवाही गरेको छ। अनिवार्य नगद मौज्दात कायम गर्न असफल भएका तीन विकास बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको हो ।
कारवाहीमा पर्नेमा सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र मितेरी डेभलपमेन्ट बैंक रहेका छन्। यी बैंकहरुले २०८२ पुस १३ गतेदेखि फागुन ९ गतेसम्मको अवधिका लागि अनिवार्य नगद मौज्दात कायम नसकेको राष्ट्र बैंकले जनाएको छ।
कारवाहीमा परेका सिन्धुलाई २.८४ रुपैयाँ, सप्तकोशीलाई १० हजार २५३.८५ रुपैयाँ र मितेरीलाई १८ हजार ५०५.७१ रुपैयाँ नगद जरिवाना गरिएको छ।
उक्त कारवाही राष्ट्र बैंकको राष्ट्र बैंक सुपरिवेक्षण विभागले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा गरेको हो।

