काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । बैंकले बीपीए अवार्ड अन्तर्गत ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मान पाएको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले एक विशेष समारोहकाबीच बैंकलाई सो सम्मान प्रदान गरेको हो ।
बीपीए अवार्ड अन्तर्गत नबिल बैंकले ‘गोल्ड अवार्ड’ पाएको छ भने नेपाल एसबीआई बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ पाएका छन् ।


