काठमाडौँ। कृषि विकास बैंकका पुर्व कर्मचारी नरेशकुमार रोक्का बागमती नदीमा हामफालेका छन् । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीका निलम्बित प्रमुख कार्यकारी अधिकृत (सिइओ) नरेशकुमार रोक्का बागमती नदीमा हामफालेका हुन्।
उनी साढे ४ बजे थापाथलीस्थित प्रहरी बिट पछाडिबाट बागमतीमा हामफालेका थिए।
चन्द्रागिरी नगरपालिका १३ का ५९ वर्षीय रोक्कालाई स्थानीय र प्रहरीको सहयोगमा तत्काल उद्धार गरी ट्रमा सेन्टर पुर्याएर उपचार गरिएको छ । प्रहरीका अनुसार शरीरमा बाहिरी चोटपटक नलागेका उनी बोल्न सक्ने अवस्थामा छन् ।

