लुम्बिनी विकास बैंकको सिइओमा सुमन आचार्य नियुक्त, बैंकलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता !

काठमाडौँ। लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा सुमन आचार्य नियुक्त भएका छन्। सो पदमा नियुक्त भएसँगै उनले साउन १ गतेदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।

उनले विभिन्न वाणिज्य बैंकहरूमा उच्च कार्यकारी भूमिकामा कार्य गरेको अनुभव बटुलेका छन्। बैंकले उनको नेतृत्वमा संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यास अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

बैंकको सञ्चालक समितिको निर्णयअनुसार नियुक्त भएका आचार्य बैंकिङ, व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा अनुभवी नेतृत्वका रूपमा परिचित छन्।

पदभार ग्रहणपछि नवनियुक्त प्रमुख कार्यकारी अधिकृत आचार्यले बैंकको दीर्घकालीन लक्ष्य हासिल गर्दै उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीहरूको मनोबल अभिवृद्धि तथा सम्पूर्ण सरोकारवालाको विश्वासलाई थप मजबुत बनाउँदै बैंकलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बैंकले आचार्यको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्