नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ‘थर्ड म्यान’ रविन सिजापतिले दिए बैंकबाट राजिनामा, असार मसान्तदेखि लागु हुने !

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ‘थर्ड म्यान’ रविन सिजापतिले बैंकबाट राजिनामा दिएका छन् । बैंकको नेतृत्व अनेक झमेलामा परिरहेका बेला बैंकका सिनियर डेपुटी जनरल मेनेजर सिजापतिले राजिनामा दिएका हुन्।

असार मसान्तदेखि लागु हुने गरी उनले बैंक छोडेको बुझिएको छ।

सिजापती बैंकमा प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालपछि तेस्रो वरीयतामा रहेका उच्च अधिकारी थिए। उनको पद डेपुटी सीईओ सरहको जिम्मेवारी र हैसियतको मानिन्छ।

लामो समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय रहेका सिजापतिले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापन तथा सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए।

उनको बहिर्गमनसँगै बैंकको व्यवस्थापन संरचनामा केही फेरबदल हुन सक्ने अनुमान गरिएको छ। पछिल्लो समय बैंकको नेतृत्व तथा व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषय चर्चामा रहेका बेला वरिष्ठ अधिकारीको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्