नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा उच्च अधिकारीले नै बिदेशी पीआर लिएर बसेको खुलासा, बैंकबाट राजिनामा दिँदै ठुला कर्मचारी !

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा उच्च अधिकारीले नै बिदेशी पीआर लिएर बसेको पाइएको छ । बैंककी डेपुटी जनरल मेनेजर सुजाता जोशी विदेशी पीआर लिएर बसेको पाइएको हो ।

बैंकमा अनेक घोटाला भईरहने, बैंकका अन्य हाकिम कोहि भाग्ने, कोहि बैंक छाड्ने भईरहेका बेला कुनै पनि दिन देश छाड्न सजिलो हुनेगरी जोशीले अमेरिकाको पीआर लिएर बसेको पाइएको हो ।

सुजाताले विदेशी स्थायी बसोबास अनुमति (पीआर) लिएको दाबी सार्वजनिक भएपछि बैंकिङ क्षेत्रभित्र यस विषयमा चर्चा सुरु भएको छ।

सार्वजनिक रूपमा फैलिएको दाबीअनुसार जोशीले अमेरिकाको पीआर लिएको बताइएको छ।

हालै बैंकिङ क्षेत्र विभिन्न विवाद र अनुसन्धानका घटना चर्चामा रहेको छ। यता नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ‘थर्ड म्यान’ रविन सिजापतिले बैंकबाट राजिनामा दिएका छन् । बैंकको नेतृत्व अनेक झमेलामा परिरहेका बेला बैंकका सिनियर डेपुटी जनरल मेनेजर सिजापतिले राजिनामा दिएका हुन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्