MAX TIGER

नबिल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। नबिल बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले ३ लाख ८९ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकको संस्थापक समूहको ३ लाख ८९ हजार २५१ कित्ता सेयर बिक्रीमा राखिएको हो।

जुन सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। इच्छुक संस्थापक सेयरधनीहरुले तोकिएको मितिभित्र काठमाडौँको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्