काठमाडौँ। सिटिजन्स बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको ४५ हजार ३७१.०६ कित्ता सेयर बिक्रीमा राखेको हो ।
यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ। तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नआए सो सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।


