एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ। एडिबीले नेपालका नगरपालिकाहरूमा खानेपानी तथा सरसफाइ सेवाको स्तरोन्नतिका लागि ११ करोड ५० लाख अमेरिकी डलर करिब रु १५ अर्बभन्दा बढी बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ।

उक्त वित्तीय सहयोग एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजना मार्फत कार्यान्वयन गरिनेछ।

एडिबीका अनुसार परियोजनाबाट नेपालका १३ जिल्लाका ८ लाख ५० हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्। परियोजनाले सुरक्षित खानेपानीको पहुँच विस्तार गर्नुका साथै ढल व्यवस्थापन तथा सरसफाइ पूर्वाधार सुधारमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

यस लगानीले स्थानीय तहमा आधारभूत सेवा सुदृढ गर्न, सार्वजनिक स्वास्थ्यमा सुधार ल्याउन तथा दिगो शहरी विकासलाई टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। एडिबी नेपाल सरकारको दीर्घकालीन विकास साझेदारका रूपमा खानेपानी, पूर्वाधार तथा शहरी विकासका क्षेत्रमा निरन्तर लगानी गर्दै आएको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै