सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७.५ प्रतिशत निश्चित लाभांशदर भएको २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव विशेष साधारणसभाबाट पारित गरेको छ ।

असार ३ गते सम्पन्न सभाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

अब बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएपछि संस्थागत लगानीकर्तालाई परिपत्र विधिमार्फत सेयर बिक्री गर्नेछ । वितरणयोग्य मुनाफा भएको वर्षमा मात्र लाभांश दिने व्यवस्था रहेको उक्त सेयर दोस्रो बजारमा समेत कारोबार गर्न सकिनेछ ।

हाल बैंकको चुक्तापूँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै