काठमाडौँ। ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक आशिष गौतमले राजीनामा दिएका छन्। जेठ २० गते गौतमले सञ्चालक पदबाट राजीनामा दिएका हुन्।
गौतमले आफ्नो व्यक्तिगत कारण देखाउँदै सो पदबाट राजीनामा दिएका हुन्।
बैंकको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।
उनी बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधत्व गर्ने सञ्चालक भुसाल प्लाई एण्ड ब्याम्बो ई प्रालीको प्रतिनिधिको रुपमा रहँदै आएका थिए।


